Shere Parsa
राजनीति

सदभावना पार्टी परित्याग गरेको सरिता गिरीको घोषणा

मधेसखबर

वीरगन्ज,०८ भदौ : नेपाल सदभावना  पार्टीकी नेतृ सरिता गिरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

केही दिनअघिमात्र नेपाल सदभावना पार्टी प्रवेश गरेकी उनले पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेकी हुन्।

‘म दिवगंत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सदभावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ गिरिले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

यद्यपि नेपाल सदभावना पार्टीलाई आफ्नो सदभावना सदैव रहने उनले बताएकी छन्।

‘नेपाल सदभावना पार्टीलाई मेरो सदैव सदभावना रहनेछ, कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो,’ उनले भनेकी छन्।

कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको भाइबुहारी सरिता सुरूदेखि मधेस केन्द्रित दलमा आवद्ध भएर राजनीति गर्दै आइरहेकी छिन्।

नेपाल सदभावना पार्टीबाट राजनीतिमा प्रवेश गरेकी उनी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन्।

संसदबाट नेपालको नयाँ नक्सा अनुमोदन गर्न संविधान संशोधन गर्ने क्रममा विपक्षमा उभिएपछि पार्टीले कारबाही गरेर उनलाई सांसदबाट निलम्बन गरेको थियो।

त्यसयता स्वतन्त्र भएर रहेकी सरिता केही दिनअघिमात्र नेपाल सदभावना पार्टीलाई ब्युँत्याउने गरी पार्टी प्रवेश गरेकी थिइन्।

नेता गिरिको निधनपछि नेपाली कांग्रेसमा प्रवेश गरेर उनको राजनीतिक विरासतलाई अगाडि बढाउन सरिताले नेपाल सदभावना पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेको आकलन गरिएको छ।

Related posts

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

काँग्रेसले टिकट नदिए एमालेबाट पनि चुनाव लड्न सक्छु : नेता द्विवेदी

रिजालको पक्षमा जनलहर बढ्दै , एमाले र जसपाका ५० नेता कार्यकर्ता काँग्रेस प्रवेश

Leave a Comment