Shere Parsa
मधेस प्रदेश हेडलाइन

पर्सा २ मा काँग्रेसका चौरसियाको सान्दार जित

मधेसखबर
वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन् ।

पाँच दलीय गठबनधनका उम्मेदवार एंव काँग्रेस केन्द्रिय सदस्य चौरसिया निकटतम प्रतिस्पर्धी जसपा–एमाले गठबनधनबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मी भन्दा ६ हजार ६ बढि मत प्राप्त गर्दै विजयी भएका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् ।चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।

२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए । त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए ।
पर्सा २ को प्रतिनिधीसभा सदस्यमा राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत पाएका छन् ।

Related posts

पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

Leave a Comment