Shere Parsa
राजनीति

डाक्टरी छोडेर राजनीतिमा किन आइन् डा. मधु गुप्ता ?

मधेसखबर
वीरगन्ज ,३१ असाेज : पर्सा क्षेत्र नम्बर ३ काे (ख) कि प्रदेशसभा सदस्य उम्मेदवार डाक्टर मधु गुप्ता कुर्मी मुटु रोगसम्बन्धी मधेस प्रदेशमै पहिलो महिला विशेषज्ञ हुन् ।

उनी पर्सा जिल्लालाई आधार बनाएर उपचार सेवामा संलग्न हुँदै आएकी थिइन् । बिरामी जाँच्ने, स्वास्थ्यसम्बन्धी उपचार र सल्लाह दिने, अस्पताल भिजिट गर्ने उनको सामान्य दैनिकी थियो ।

त्यसकाे अलावा उनी ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरहरु लिएर स्थानीयको उपचारका लागि पनि जाने गरेकी थिइन् । अहिले पनि उनी पर्साका बासिन्दाको घरघरमा पुगेकी छन् । तर डाक्टर बनेर होइन, चुनावी उम्मेदवार बनेर ।

पछिल्लो समय उनको दैनिकी फेरिएको छ । पर्सा क्षेत्र नंबर ३ (ख) मा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारको बनेपछि उनको भूमिका बदलिएको हाे । सक्रिय राजनीतिमा आउनुअघि बिरामीको स्वास्थ्य समस्यामात्र जाँच्ने डाक्टरको भूमिकाबाट उनी अहिले स्थानीयको समग्र समस्या बुझ्ने र त्यसलाई समाधानको बाटोमा लिएर जाने प्रतिबद्धता व्यक्त गर्दै हिँडेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यकी प्रत्यासी डा. गुप्ता राजनीतिमा अग्रजको अनुभव र युवा पिढीको ज्ञानको संयोजन हुनुपर्ने बताउँछिन् । पर्सा जिल्लाको आर्थिक र सामाजिक जीवन अति पिछडिएको छ । यो जिल्लालाई विकास र अवसरमा अघि बढाउन राजनीतिमा आएकी हुँ, उनले भनिन् । चिकित्सा क्षेत्रबाट स्वास्थ्य समस्याको उपचार गरेरमात्र पुगेन । आर्थिक, सामाजिक र राजनीतिक समस्याको उचारको लागि त राजनीतिमै आउनुपर्ने भयो ।

नीति निर्माणको तहमा पुगेर समाजलाई समुन्नत बनाउने उद्देश्य राखेकी छु । मतदाताले मलाई त्यो ठाउँमा पठाउनेमा पूर्ण विश्वस्त छु, डा गुप्ताको भनाइ छ । राजनीतिको मधुको सक्रियतालाई पर्साका बासिन्दाले आशाको किरणको रुपमा हेरेको स्थानीयले बताएका छन् ।

Related posts

पर्सामा जसपाका केन्द्रिय सदस्य सिपु तिवारी सहित २६ जनाद्धारा पार्टी परित्याग

पर्सा ४ : चुनावको मुखैमा जसपा र एमाले छाडेर दर्जनौ नेता कार्यकर्ता काँग्रेस प्रवेश

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

Leave a Comment