Shere Parsa
राजनीति हेडलाइन

पर्सामा जसपाका केन्द्रिय सदस्य सिपु तिवारी सहित २६ जनाद्धारा पार्टी परित्याग

मधेसखबर
वीरगन्ज, २२ भदौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य सहित २६ जनाले पार्टी परित्याग गरेका छन् । पर्साको कालीकामाइ गाँउपालिका ५ बिरन्चीबर्वा निवासी जसपाका केन्द्रिय सदस्य मुरली मनोहर तिवारी (सिपु) सहित २६ जनाले जसपा परित्याग गरेको सामुुहिक घोषणा गरेका हुन् ।

मङगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिवारीले जसपाको नेतृत्व तहमा स्वेच्छारिता , निरकुंशता र एकलौटी ढंगबाट पार्टी सन्चालन गर्ने प्रवृति बढेकाले आफुहरुले सामुहिक रुपमा जसपाबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

साथै उनले पार्टीमा बढ्दै गएको बेथिती र विकृती बारे नेतृत्वलाइ पटक पटक बैठक र छलफलका माध्यमले ध्यानाकर्षण गराएको भएपनि समस्या सामधानको सट्टा नेतृत्व तह सत्ता स्वार्थमा मात्रै केन्द्रित भएकाले बाध्य भएर आफुहरुले राजनीनामा दिनु परेको बताएका छन् ।

तिवारीसंगै जसपा परित्याग गर्नेहरुमा रन्जन साह , लक्षमण साह , चोकट महत्तो , अलाउदिन मियाँ , जबर अली , अनुपमा तिवारी , रामकलश साह , जाकिर हुसैन , गम्भिरा साह , अमरेश कुशवाहा , पन्नालाल साह , आमीर हवारी , सत्रुधन सहनी , विवेक गुप्ता गरि २६ जना रहेका छन् ।

Related posts

काठमाडौं १ मा रविन्द्र मिश्रलाई हराउदै प्रकाशमान सिंह विजयी

पर्सा जिल्लामा १६९ मतदान स्थल,११ हजार जनशक्ति खटिने

पर्सामा १२ पदका लागि १४४ जना उम्मेदवार , आधा भन्दा बढी स्वतन्त्र

Leave a Comment