Shere Parsa
राजनीति हेडलाइन

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

मधेसखबर
वीरगन्ज ,२९ असाेज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पर्सा ४ का उम्मेदवार रमेश रिजालले कसैलाई कुनै पनि दया नगरी गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

नेपाल शिक्षक संघ पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

‘अहिले जहाँबाट उम्मेद्वार भए पनि पहिला हाम्रै संगठनमा थियो उसलाई सहयोग गर्छु भन्ने दया देखाउन जरुरी छैन,’ उनले भने, ‘काँग्रेस र गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्नुहोस् ।’

अहिलेको लडाई भनेको संविधान बिरोधीसंगको लडाई रहेको भन्दै उनले संविधान विरोधी, संघीयता विरोधी अनि मधेस र मधेसी विरोधीलाई मतदानबाट जनताले ठेगान लगाउनु पर्ने बताए ।

रिजालले आचारसंहितालाई ख्यालमा राख्दै चुनावी अभियानमा जुट्न पनि शिक्षकहरुलाई आग्रह गरे ।

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहेका केन्द्रीय सदस्य अजय चौरसियाले फेरि पनि पर्सा जिल्लालाई कांग्रेसको गढ बनाउने गरि चुनावी अभीयानमा जुट्न आह्वान गरे ।

कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ३(ख) का उम्मेद्वार जनार्दन सिंह क्षेत्री, पर्सा १(ख) का उम्मेदवार रामनारायण कुर्मी, पर्सा २( क) का उम्मेदवार श्याम पटेल लगायतको सहभागिता थियो । कार्यक्रम संघका अध्यक्ष प्रदीप जैसवारको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related posts

जसपा अध्यक्ष उपेन्द्र यादवले मागे मुख्यमन्त्री लालबाबु राउतको राजिनामा

मतदातासंग रिजालको आग्रह : दलबदलु र अपराधी होइन सही नेता चुन्नु होला

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

Leave a Comment