मधेसखबर
वीरगन्ज,०६ भदौ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।
जसपा पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त मुख्यमन्त्री पद छाड्न निर्देशन दिएका हुन् ।
‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’
ती नेताका अनुसार पछिल्लो जसपाको राजनीतिक समिति बैठकमै अध्यक्ष यादवले राउतलाई मूख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।
यो समाचार अनलाइनखबरमा छ ।