Shere Parsa
राष्ट्रिय

प्रधानमन्त्री देउवाले सरकारबाट हटाए जसपाका चार मन्त्री

मधेसखबर
वीरगन्ज ,२७ असाेज : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट जसपाका चार मन्त्रीहरुलाई हटाएका छन् ।सत्ता गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाएका हुन् ।

 

जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर प्रधानमन्त्री देउवाले उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् । यस्तै, देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (काेइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् ।

राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा बिहीबार साँझ जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् । सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।

Related posts

लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

नागरिकता विधेयक बारे राष्ट्रपति सकरात्मक हुनुहुन्छ : लोसपा नेता सोनल

निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन

Leave a Comment