Shere Parsa
समाचार

पर्साको जगतियाबाट गाजा सहित दुइ जना पक्राउ

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२५ असोज : पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरिक्षक प्रकाश महतोको नेतृत्वमा खटिएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियाबाट ९ केजी गाजा सहित दुइ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धोबिनी गाउँपालिका वडा नम्बर १ का ४५ बर्षिय नन्दलाल दास र छिपहरमाइ गाउँपालिका वडा नम्बर ३ का ३३ बर्षिय बाघा यादव रहेका छन् ।

बीआर २२ के २१८० नम्बरको मोटरसाइकलमा सवार भइ ठोरी गाउँपालिकाको बिजयबस्ती बाट आउदै गरेको अवस्थामा दुवै जनालाइ प्रहरीले पक्राउ गरेको हो ।गाजा सहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

Related posts

पर्सामा मतदान केन्द्रको तैयारी अन्तिम चरणमा

राैतहटकाे गुजारा नगरपालिकामा गाेली चल्याे

खाेलामा डुबेर दुई बालककाे मृत्यु

Leave a Comment