Shere Parsa
समाचार

खाेलामा डुबेर दुई बालककाे मृत्यु

मधेसखबर
वीरगन्ज ,१९असाेज :दाङमा लमही स्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका-६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही-४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।साभार: अनलाइनखबर

Related posts

जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन आयोगमा २९ जनाको निवेदन

वनमन्त्री यादव अमेरिका प्रस्थान

Leave a Comment