Shere Parsa
राजनीति

देउवाको उम्मेदवारी रद्ध गर्न माग गर्दै उजुरी दर्ता

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,२४ असोज : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।

प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको पुष्टी गर्दै भने, ‘यस विषयमा कानुन वमोजिम मंगलबारसम्म निर्णय लिइने छ’ ।

ऐन कानुन अनुसार आवश्यक छानबिन गरिने पनि प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए । आइतबार प्रधानमन्त्रीपत्नी तथा कांग्रेस नेता आरजु देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् । साभार : कान्तिपुर

Related posts

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह प्रति जनलहर बढ्दै

काँग्रेसका नेता अन्सारी जसपामा प्रवेश

सत्ता गठबन्धन भित्र प्रतिनिधि सभा तर्फकाे सिट भागबन्डामा लगभग सहमति जुट्याे

Leave a Comment