Shere Parsa
राजनीति हेडलाइन

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

मधेसखबर

वीरगन्ज, २४ असोज : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साले आफ्ना गतिविधि अगाडि बढाएको छ ।

आइतबार मनोनयन दर्ता सम्पन्न भए लगतै जसपाले वीरगन्जमा पार्टीको सम्पर्क तथा क्षेत्रीय कार्यालय स्थापना गरेर निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाएको हो ।

सोमबार नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्जकाे मुर्लीमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । वनमन्त्री यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् ।

क्षेत्रीय सम्पर्क कार्यालयबाट आगामी निर्वाचनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन हुने जसपाले जनाएको छ ।

क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गर्दै मन्त्री यादवले आगामी निर्वाचनमा आफू निर्विकल्प भएको बताए । पाँच वर्षसम्म जनताको सेवामा निरन्तर खटेर आफूले क्षेत्रमा विकासको लहर ल्याएको दावी गर्दै उनले जनताले आफ्नो कामको मूल्यांकन गरेर पुन: निर्वाचित गराउने बताए । यादव यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उद्घाटन कार्यक्रममा  प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जिल्ला समन्वय समिति पर्साका सभापति अजय सोनार, पूर्व सभापति नेक मोहम्मद मियाँ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Related posts

अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए

डाेटीमा भुकम्पले घर भत्किदा ६ जनाकाे मृत्यु

पर्सा १ मा प्रदीप यादव अगाडि , द्धिवेदी ५३२ मतले पछाडि

Leave a Comment