Shere Parsa
राजनीति हेडलाइन

गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस युवा नेता सुधीर पटेलको घोषणा

मधेसखबर
वीरगन्ज,२३ असोज : नेपाली काँग्रेसबाट टिकट नपाएपछि युवा नेता सुधीर पटेलले पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

१८ वर्ष पहिले नेविसंघबाट राजनीति शुरु गरेका पटेलले पार्टीले योगदानको मुल्यांकन नगरेको भन्दै पर्सा १ को (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।आइतबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस पोष्ट गर्दै पटेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन् ,‘ २०६१ साल देखि विद्यार्थी राजनीतिको सुरुवात गरि तात्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएको म अहिले र आज सम्म विद्यार्थी, तरुण , युवा तथा अग्रजहरुको सुखदुख र समस्यामा डटेर सहयोग गरेको छु । देशको राजनीतिक दल आफ्नो सिद्धान्त र नैतिकतालाइ भुलेर जनतालाई बेवकुफ बनाउने योजनाको साथ विचार नै नमिल्ने दलसंग गठबन्धन गरि अगाडी बढेको हुनाले मतदाता महानुभावले यसको डटेर सामना गर्नु पर्ने हुन्छ। पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र न १(क) मा गठबन्धनका बिरुद्ध र मतदाताको लागि सक्षम विकल्पको रुपमा म सुधिर पटेल प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेद्वारी दिने घोषणा गर्दछु।

 

उनले आफनो उम्मेदवारी दर्ताका लागि वीरगन्जको बाइपास स्थित स्पर्श हस्पिटल नजिक भेला भइ दिन आफना शुभचिन्तक र सर्मथकसंग अपिल पनि गरेका छन् ।

Related posts

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

पर्सा १ मा प्रदीप यादवको लहर : काँग्रेस र नेकपा एसका नेताहरु जसपा प्रवेश

प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसद्धारा निर्वाचन बहिष्कार

Leave a Comment