Shere Parsa
राजनीति

पर्साको लङगडीमा काँग्रेसको चुनावी सम्पर्क कार्यालय स्थापना

मधेसखबर
वीरगन्ज,२१असोज : पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ लङगडीमा नेपाली काँग्रेसको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

्आगामी निर्वाचनलाइ लक्षित गरि काँग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्पर्क कार्यालय शुक्रबार देखि सन्चालनमा ल्याइएको हो । शनिबार नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे र महाधिवेशन प्रतिनिधी बशिष्ठ नारायण कुर्मीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

आगामी निर्वाचनका लागि क्षेत्र नम्बर ४ मा चुनावी प्रचार पसारका गतिविधी सन्चालनका लागि लङगडीमा सम्पर्क कार्यालय स्थापना गरि सन्चालनमा ल्याइएको क्षेत्रीय सचिव बलिष्टर अहमदले बताए ।

 

काँग्रेसका क्षेत्रीय सभापति एंव जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधी श्याम किशोर प्रसाद कुर्मी ,क्षेत्रीय सचिव बलिष्टर अहमद ,वडा सभापति गणेश साह,बासदेव तिवारी ,इसरायल देवान,वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी ,अब्बास मिया चुरिहार, नेता सोनालाल कुर्मी लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

 

 

Related posts

गठबन्धन बैठक छाडेर उपेन्द्र यादव ओली निवास बालकोटमा

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

Leave a Comment