मधेसखबर
वीरगन्ज,११ कार्तिक : निर्वाचन मुखमा नेपाली कांग्रेसका नेताले साडी वितरण गरेर निर्वाचन आँचर सहिताको उलंघन गरेका छन् ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेत शेष रुस्तमले चुनावमा मुखमा साडी बाँडीरहेका छन् ।
मंसिर ४ मा हुने निर्वाचनमा मतदातालाई प्रभावित पार्न वीरगन्जमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले छठको बहानामा साडी बाँडेको खबर प्राप्त भउको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा काँग्रेसका स्थानीय एक नेताले साडी वितरण गरेको तस्वीर सामाजिक सन्जालमा भइरल भएको छ ।
छठको बहानामा साडी बाँडेपनि साडी वितरण गर्ने योजना भने निर्वाचन केन्द्रीत भएको कांग्रेसकै एक नेताले नाम नबताउने शर्तमा बताए । उनले साडी वितरण गरे वापत कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरिरहेको स्रोतको दावी छ ।
उनका अनुसार शेष रुस्तम मतदाताको घरघरमै पुगेर साडी वितरण गरीरहेका छन् । निर्वाचन आचारसंहिताविपरित उनले साडी बाँड्दा पनि निर्वाचन आयोग भने मुकदर्शक बनेर बसको छ ।