Shere Parsa
राशीफल

नारी शक्ति एक भए देशमा शान्ति र स्थायित्व कायम हुन्छ :डा.मधु गुप्ता

मधेसखबर
वीरगन्ज ,१७ असाेज : जनता समाजवादी पार्टी (जसपा)की नेतृ डाक्टर मधु गुप्ताले नारी शक्ति एक भए देशमा अझ शान्ति र स्थायित्व कायम हुने बताएकी छन् ।

पर्साकाे पाेखरिया नगरपालिकामा आइतबार फूलपाती भित्र्याउन गएका दुर्गा भगवतीको भक्तजनलाई फल्हार वितरण गर्दै उनले महिलाहरु पनि देवी दुर्गा झैँ हुनु पर्ने र आफूमाथि औला उठाउनेको प्रतिवाद गर्ने हिम्मत राख्नुपर्ने बताइन् ।

उनले भनिन्, पृथ्वीमा जबजब उदण्ड किसिमका गतिबिधि भएको छ, तबतब नारी कै रुपमा देवी भवानी विभिन्न आफ्ना अवतार लिएर संसारको रक्षा गरेका छन् ।त्यसैले महिला पनि आफ्ना  अधिकारलाई सुनिश्चित गर्नका लागि देवी झैँ आँट र हिमतलाई प्रदर्शन गर्नुपर्ने बेला आएको उनले बताइन् ।

महिलाले जबसम्म आफ्नो आधिकार होस् या आफुमाथि भईरहेको अन्यायको बारेमा अवाज उठाउदैन, तबसम्म उनीहरुको अवाज कसैले नसुन्ने र यसैगरी महिलाहरु पछाडी परिरहने उनले बताइन् ।

आसन्न प्रतिनिधि निर्वाचनको लागि पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ नाम समेत सिफारिस भएकी गुप्ताले सु स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरिन् ।

Related posts

नेपालमा प्रधानमन्त्री विदेशीकाे इशारामा बनाइन्छ : लिङ्गदेन

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

चुनाव नलड्ने डा. बाबुराम भट्टराईकाे घाेषणा

Leave a Comment