Shere Parsa
राशीफल

नेपालमा प्रधानमन्त्री विदेशीकाे इशारामा बनाइन्छ : लिङ्गदेन

फाइल फाेटााे

मधेसखबर
वीरगन्ज ,२४ भदौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।

‘आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ’ उनले भने ।

अध्यक्ष लिङ्देनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरुले कुनै विरोध गर्न नसकेको बताए । उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।

Related posts

नारी शक्ति एक भए देशमा शान्ति र स्थायित्व कायम हुन्छ :डा.मधु गुप्ता

चुनावै पिच्छे नाम र छाप फेर्ने पार्टीको उम्मेदवारसंग मेराे प्रतिस्पर्धा नै छैन : चाैरसिया

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

Leave a Comment