Shere Parsa
राशीफल हेडलाइन

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

मधेसखबर
वीरगन्ज ,०४ असाेज: निर्वाचन आयोगमा नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको दुई वटा फरक फरक बन्दसूची बुझाएको खुलेको छ ।

स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाए पनि राति शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको हो ।

नेताहरूले यसबारे भने बोल्न चाहेनन् । ‘लिस्ट अलि नमिलेको थियो । साथीहरू आयोगमै थिए म त्यसमा छैन । थाहा भएन,’ कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई यसबारे जिज्ञासा राख्दा समानुपातिक प्रणालीका प्रवक्ता गुरु वाग्लेसँग सोध्न भने ।

‘यसबारे आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्ले जीलाई सोध्नुस्’, उनले भने । आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले भने त्यस्तो नभएको बताए । ‘अहिले तालिममा छु, त्यस्तो केही छैन,’ उनले भने ।

यसबारे कांग्रेसका महामन्त्री शर्माले भने दुईवटा सूची बुझाएकाे कुरा हल्ला मात्रै भएकाे बताए । ‘त्यस्ताे हैन, याे हल्ला मात्रै हाे’, उनले भने ।

कांग्रेस नेता मीन विश्वकर्मा दोहोरो सूची बुझाउन नमिल्ने बताउँछन् । ‘पार्टी सभापतिको हस्ताक्षर भएको लिस्ट एकमात्र हुन्छ नि । हल्लामात्र हो, उनले भने, ‘सभापतिले हस्ताक्षर गर्नुभन्दा अगाडि एउटा लिस्ट तयार भयो होला । अरु साथीहरूले यो पनि समावेश होस् भने होलान् । यो कुरा तपाईंबाट भर्खरै सुन्दैछु ।’आधिकारिक हस्ताक्षर नभै निर्वाचन आयोगले दर्ता गर्न नमिल्ने उनले बताए ।

Related posts

उद्योग दिवस वीरगन्जमा पनि मनाइयो

पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

Leave a Comment