Shere Parsa
राजनीति

परवानीपुरमा काँग्रेस,एमाले र जसपाका ३ सय जना लोसपामा प्रवेश

मधेसखबर
वीरगन्ज,१५ असोज : बाराको परवानीपुर गाँउपालिका वडा नम्बर २ रामपुर टोकनीमा शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

लोसपाका मधेस प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस , नेकपा एमाले र जसपाका करिब ३ सय जना कार्यकर्ता पार्टी परित्या गरि लोसपामा प्रवेश गरेका छन् ।नवप्रवेशीहरुलाइ लोसपा नेता सोनलले फुलमाला र गम्छा लगाएर पार्टीको सदस्यता प्रदान गरे ।

कार्यक्रममा बोल्दै नेता सोनलले मधेस र मधेसीको अधिकारका लागि लड्ने एक मात्र पार्टी लोसपा नै भएको जिकिर गरे । उनले भने ,‘ आफुलाइ मधेसी दल र मधेसका मसिहा भन्नेहरु सत्ताको स्वार्थमा मधेसको मुद्धामा बार बार चुकेका छन् , तर लोसपा सधै मधेसको मुद्धामा अडिग छ ।सोनलले लोसपा नेतमुखी नभइ जनतामुखी दल रहेको भन्दै आगामी निर्वाचनमा लोसपाले प्राप्त गनर्ने जनमतले त्यसको पुष्टि गर्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा लोसपा नेताहरु जगतनारायण महतो धानुक , अनिल राम , बिनेस महतो , सुरेश साह , सुरेश पटेल रिकेश साह , नन्दु राम ,बृजकिशोर साह , जगरनाथ महतो लगयतले पनि मन्तब्य गरेका थिए ।

Related posts

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

पर्सा २ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका पटेलको अग्रता कायमै

मतदाता माझ लोकप्रिय बन्दै स्वतन्त्र उम्मेद्वार रुपेशमान

Leave a Comment