Shere Parsa
समाचार

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाकाे मृत्युु

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,१२ असाेज : सल्यानमा जीप दुर्घटना हुदा ८ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा सल्यानकाे कपुरकोट गाउँपालिका वडा नम्बर –६ जलबाङका ७ जना र रिमका १ जना रहेका छन् ।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप बुधबार बिहान २ बजेतिर कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको हाे । जिप सडकबाट २ सय मिटर खसेकाे हाे ।

सल्यानका प्रहरी नायब उपरीक्षक दिपेन्द्र केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली र रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका–६ कै ३५ वर्षीय तीलक ओलीको दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

Related posts

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

रौतहटमा करेन्ट लागेर एक बालिकाकाे मृत्युु

राैतहटकाे गुजारा नगरपालिकामा गाेली चल्याे

Leave a Comment