मधेसखबर ,१९ भदौं : रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। नुहाउने क्रममा मोटरमा करेन्ट प्रवाह भइ दिनेश सहनीकी १४ वर्षीया छोरी अमरिका कुमारी सहनीको घटनास्थलमै मृत्यु भएको हो।
घरमा नै घटना भएपछि बालिकालाई अस्पताल पुर्याउँदाचि कित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा मृतकका आफन्तलाई सहानुभूति दिन गरुडा नगरपालिका प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरी पुगेका थिए। मृतक बालिकाको पोस्टमार्टम गराइएको छ।