Shere Parsa
कृषि हेडलाइन

पर्सामा मलकाे कालाेबजारी: बड्निहारबाट २७ बाेरा मल सहित २ जना पक्राउ

प्रमाेद यादव
वीरगन्ज ,०८असोज: पर्साकाे ग्रामीण भेगमा सरकारी अनुदानकाे मल कालाेबजारी गरि बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ बड्निहार बजारकाे दुई पसलबाट सरकारी अनुदानकाे २७ बाेरा मल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

कृषि सामग्री कम्पनिले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेकाे युरिया र डिएपि मल निजि पसलमा राखेर बेच्ने क्रममा प्रहरीले २७ बाेरा मल सहित दुई जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बाराकाे जितपुरबाट आएकाे ना २ ह ३२६४ नम्बरको अटाेले बडनिहार बजारमा रहेकाे जय प्रकाश थारुको पसलमा झारिरहेका बेला स्थानीय युवाहरुले १० बोरा युरिया मल सहित उक्त अटाे नियन्त्रणमा लिएर बड्निहार प्रहरी चाैकीलाई खबर गरेका थिए ।जानकारी पाए लगत्तै बडनिहार प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिको टाेलीले थारुको पसलमा छापा मार्दा अटाेमा रहेकाे १० बोरा र पसलमा रहेकाे ४ बोरा गरि १४ बोरा युरिया मल र अटाे चालक राजकिशाेर साह लाई नियन्त्रणमा लिएकाे हाे । पसल संचालक थारु भने फरार भए ।

त्यसपछि बड्निहारमै रहेको नेत्र प्रसाद पौडेलको पसलमा प्रहरीले खानतलाश गर्दा उक्त पसलबाट पनि ४ बोरा डिएपि र ९ बोरा युरिया गरि १३ बोरा अनुदानको मल सहित पसल संचालक पौडेललाई पनि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पसल संचालक पौडेल र अटाे चालक साह सहित २७ बोरा मल आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्समा पठाईयको र फरार रहेका अर्का पसल संचालक थारुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक किसोर आचार्यले जानकारी दिए।

कृषि सामग्री लिमिटेडको सरकारी अनुदानकाे मल पालिकाले तोकेकाे कृषि सहकारी संस्थाबाट बिक्री बितरण गर्नु पर्ने भएता पनि किसानले अहिले मल नपाई रहेको अवस्थामा बिचौलियाहरुको माध्यमबाट ग्रामीण भेगमा रहेका पसलेहरुले अहिले प्रती बोरा युरिया मल २ हजार देखि २२ सय रुपैयामा बिक्री गरेर कालाेबजारी गरिरहेका छन् ।

Related posts

चुनावमा पर्सा–बाराको भारतीय बोर्डर ७२ घण्टा सिल गर्ने सहमति

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात

फिरौती माग्ने अपराधीको गोली लागेर रक्सौलका कपडा व्यापारी दम्पती घाइते

Leave a Comment