Shere Parsa
राष्ट्रिय हेडलाइन

चुनावमा पर्सा–बाराको भारतीय बोर्डर ७२ घण्टा सिल गर्ने सहमति

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाल –भारत सिमा ७२ घण्टाका लागि सिल गरिने भएको छ ।भारत बिहारको रक्सौलमा मङगलबार बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुखर उच्च अधिकारीहरुको बैठकले निर्वाचनका लागि मंसिर २ देखि ४ गते सम्म ७२ घण्टाका लागि सीमा सिल गर्ने सहमति गरेको हो ।

भारतको बिहारसंग जोडिएका पर्सा , बारा , चितवन र नवलपरासी जिल्लाका सीमा ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । उनका अनुसार , दुवै देशका सीमावर्र्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरु सम्मिलित बैठकमा नेपालमा मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपूर्ण र सफलता पूर्वक सम्पन्न गराउनका लागि दुवै देशका सुरक्षा अधिकारीहरुले सक्दो सहयोग गर्ने सहमति पनि भएको छ ।

यस्तै बैठकमा सीमा आरपार हुने जाली नोट र लागु औषधको ओसार पसार, तस्करी , अपराधिक गतिविधी र नेपालबाट भारतको बिहारमा हुने मदिराको तस्करी नियन्त्रणका लागि पनि एक अर्काले सहयोग गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादु्र कटुवाल , पर्साका प्रहरी उपरिक्षक उपरिक्षक रमेश बस्नेत , बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटी, पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , बाराका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा , चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरिक्षक लगायतको सहभागीता थियो ।

यस्तै बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी चम्पारण जिल्ला अधिकारी कपिल अशोक , मोतिहारीका पुलिस अधीक्षक डाक्टर कुमार आशीष ,मोतिहारीका उपविकास आयुक्त समीर सौरभ,मोतिहारीकै अनुमंडल पदाधिकारी श्रेष्ठ अनुपम,रक्सौलका एसडीपीओ चन्द्र प्रकाश,बेतियाका पुलिस अधीक्षक उपेन्द्रनाथ बर्मा , बगहाका पुलिस अधीक्षक किरण कुमार गोरख लगायतको सहभागीता थियो ।

Related posts

वीरगन्जका नीजी विधालयको शुल्क निर्धारणका लागि महानगरद्धारा काम शुरु

पोखरिया बजारमा अतिक्रमण गरि बनाइएका संरचनाहरु डोजर लगाएर हटाउन शुरु

मुख्यमन्त्री राउतद्वारा काँग्रेसका तीन मन्त्री बर्खास्त

Leave a Comment