Shere Parsa
खेलकुद

ब्राजिलकाे सानदार जितमा नेयमारकाे उत्कृष्ट प्रदर्शन

वीरगन्ज ,०८ असाेज :विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। ब्राजिलले अफ्रिकी राष्ट्र घानालाई ३–० को गोल अन्तरमा हराएको हो।

शुक्रबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले २ तथा मार्किन्हसले १ गोल गरे। ब्राजिलले पहिलो हाफको ३९ मिनेटभित्रै ३–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको घानाले ब्राजिललाई रोके पनि गोल गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो।

खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै खेलमा पकड बनाएको ब्राजिलले नवौं मिनेटमा मार्किन्हसको गोलबाट सुरूआती अग्रता लियो।

खेलको २८औं मिनेटमा नेइमारको पासमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। ३९औं मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले दोस्रो हाफमा लय समात्न सकेन।

यो जितसँगै ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। पछिल्लो पटक कोपा अमेरिका कपमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो।

अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ।

त्यसपछि पाँच पटकको विश्व विजेता ब्राजिलले कतार विश्वकपमा समूह चरणको खेलमा सर्बिया, स्विटजरल्याण्ड र क्यामरूनको सामना गर्नेछ।

Related posts

राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको किर्तिमानी सफलता ,कुश्ती खेलाडीले जिते ३ स्वर्ण सहित १० पदक

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले राजीनामा दिए

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

Leave a Comment