Shere Parsa
समाचार

पटेर्वासुगौलीमा शिक्षक संघको आयोजनामा दशैंको शुभाकामना कार्यक्रम सम्पन्न

प्रमोद यादव
पर्सा, ०७ असोज : पर्साको पटेर्वासुगौली गाउँपालिका ४ गुदरबाबा मन्दिर प्राङ्गणमा शुक्रबार नेपाल शिक्षक संघको आयोजना दशैं र दिपावली अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीले आफुले पालिका भित्रका कुनै पनि विधालय र शिक्षकलाइ विभेद नगरेको बताए । उनले सामुदायिक विधालयहरुलाइ नमूना शिक्षण संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए ।

गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारुले शिक्षामा लगानी गरे अनुसारको उपलब्धी आउने गरि काम गर्न शिक्षकहरुलाई सुझाव दिइन् ।कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरुले गाउँपालिकाले निजी स्रोत शिक्षकको तलबभत्ता, दशै भत्ता र पोशाक भत्ता अहिले सम्म नदिएको गुनासो गरेका थिए ।

शिक्षक संघ गाँउपालिका अध्यक्ष हरिराज प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष बासु पजियार,पटेर्वासुगौली गाउाँलिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह,नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव,नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवाल,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दापका अवकाश प्राप्त प्रधानाध्यापक मोहन दास,राहत शिक्षक पर्साका अध्यक्ष श्याम घिमिरेका साथै पालिकाका सबै विधालयका शिक्षक शिक्षिकाहरुको सहभागीता थियो ।

Related posts

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तुु नियन्त्रणको उपाय अपनाउछौं : वनमन्त्री यादव

मकवानपुरमा रात्रि बस दुर्घटना, २ को मृत्यु

नेशनल मेडिकल कलेजमा जुनियर विधार्थीसंग र्‍यागिङ

Leave a Comment