Shere Parsa
समाचार

सत्ता गठनबन्धनका उम्मेदवारमा मतदान गर्न नेतृ देउवाको आग्रह


मधेसखबर
वीरगञ्ज, ४ असोज :
नेपाली काँङ्ग्रेसकी नेतृ डा. आरजु देउवाले आगामी संघ र प्रदेशको निर्वाचनमा सत्ता गठनबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आम नेपालीलाई आग्रह गरीन् । आज पर्साको वीरगञ्जमा नेपाली काँङ्ग्रेसको भातृ संगठन नेपाल महिला सँङ्घ केन्द्रिय समितीद्धारा आयोजीत महिला प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ देउवाले यस्तो बताईन् ।
बर्तमान गठवन्धन सरकारले आम नेपाली र नेपालको पक्षमा राम्रा राम्रा काम गरेकोल आगामी निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गरी गठबन्धनका उम्मेदवारलाई संघ र प्रदेशमा बिजयी गराउन आग्रह गरीन् ।

एक फरक प्रसंगमा महिला प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ देउवाले संविधानको प्रभावकारी कार्यान्यन सँगै सवै महिलाहरुको हक अधिकार सुनिश्चित हुने दावी गरीन् ।

 

महिला वर्ग सहित आम नागरिक हरुको हरेक हक अधिकारका बिषयबस्तु नेपालको संविधानमा सुनिश्चित रहेको जिकिर गर्दै नेृत डा. देउवालाई संविधानको प्रभावकारी कार्यान्वयन सँगै सवै नागरिकको अधिकार स्थापीत हुने बताईन् ।

 

नेतृ डा. देउवाले हरेक नितीको मुख्य नितिनै राजनिती भएकाले राजनितिलाई सेवामैत्री भावना अघि बढाउनुपर्ने आजको मुख्य आवश्यकता रहेको दावी गरीन् । सो अवसरमा बोल्दै नेृत डा. देउवाले महिला बर्ग पनि अब नेपाली राजनितिमा होमिनु आवश्यक रहेको तर्क गरीन् । दुई दिन सम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।

Related posts

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन आयोगमा २९ जनाको निवेदन

Leave a Comment