Shere Parsa
राजनीति हेडलाइन

पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

मधेसखबर
वीरगन्ज,२७ असोज : वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मुल्यांकन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।

पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् ।

जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने ,‘ मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन , मतदाताले पुन मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्कछु ।

उनले भने , “पाँच वर्ष सांसद्का रुपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको छु , जनताको आवश्यकता र चाहना अनुसार सडक देखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएको छु । जनताले यसको मूल्याङ्कन गरेर मलाई जिताउने निश्चित छ,” ।

क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु , क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु , जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु , यसको मुल्यांकन जनताले गर्नेछन् ।”

पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए । यादवले भने ,‘ जनताले विकास प्रेमी , सुखदुखमा साथ दिने जनप्रतिनिधी चाहन्छन् , त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।

 

Related posts

जनताको सेवामा निरन्तर खट्ने नेतालाई भोट हाल्न प्रदीप यादवको अनुरोध

काँग्रेसको समानुपातिकबाट रुंगटा र मन्सुर सांसद बन्न सक्ने सम्भावना छ त ?

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

Leave a Comment