Shere Parsa
स्थानिय

जिराभवानी गाँउपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

मधेसखबर
वीरगन्ज , २९ भदौ : पर्साको जिराभवानी गाउँपालिकामा बुधबार राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका विज्ञ सदस्य हिमाल चन्द गौतमले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष अहमदको अध्यक्षतामा भएको कार्यक्रममा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । अध्यक्ष अहमदका अनुसार जिराभवानी पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

कर्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, सम्पुर्ण,वडाअध्यक्षहरु, वडासदस्यहरु र कार्यपालिका सदस्यहरुको सहभनगीता रहेको थियो ।

Related posts

जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

डेढ महिनामा वीरगन्ज महानगरकाे आन्तरिक आम्दानी साढे सात कराेड

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

Leave a Comment