Shere Parsa
मधेस प्रदेश

बुद्धिजिवी परिषद्को मधेस प्रदेश अध्यक्षमा शम्भु गुप्ता चयन

मधेसखबर
वीरगन्ज,२८ भदौं : नेकपा एमाले निकटको नेपाल बुद्धिजिवी परिषद् मधेस प्रदेशको अध्यक्षमा वीरगन्जका शम्भु प्रसाद गुप्ता चयन भएका छन् ।

जनकपुरमा सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा सम्पन्न परिषद्को प्रथम अधिवेशनबाट अध्यक्षमा गुप्ता सर्वसम्मत चयन भएका हुन् ।

वीरगन्ज स्थित मेघा कलेजका प्रबन्ध निर्देशक समेत रहेका गुप्ता , एमालेका प्रदेश कमिटी सदस्य पनि हन् । आगामी निर्वाचनका लागि एमाले पर्साले गुप्ताको नाम पर्सा क्षेत्र नम्बर १ को (ख) को प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस पनि गरेको छ । गुप्ताले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

यस्तै परिषदको उपाध्यक्षमा सिरहाका अरविन्द यादव , सचिवमा रौतहटका अनिल कुमार झा , उपसचिवमा धनुषाका शशी भट्ट र सर्लाहीका डाक्टर नवल किशोर साह तथा कोषाध्यक्षमा बाराका डाक्टर अख्तर आलम अन्सारी चयन भएका छन् ।यसैगरि सदस्यमा पर्साका विनोद गिरी र सन्जय कुमार गुप्ता चयन भएकाो अध्यक्ष गुप्ताले जानकारी दिए ।

Related posts

सर्लाही २(ख) काे प्रदेशसभा सदस्यमा काँग्रेसका राय निर्वाचित

काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल चौथो पटक बने सांसद

एक साता भित्र वीरगन्जको मेनरोड फराकिलो हुने : मन्त्री राई

Leave a Comment