Shere Parsa
मधेस प्रदेश समाचार हेडलाइन

एक साता भित्र वीरगन्जको मेनरोड फराकिलो हुने : मन्त्री राई


मधेसखबर
वीरगन्ज । वीरगन्जको गण्डक देखि मितेरी पुल सम्मको मेनरोड फराकिलो हुने भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक देखी मितेरी पुल सम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ अर्थात (२५÷२५ गज) सडक अतिक्रम हटाउन एक साता भित्र सूचना प्रकाशन गरीने भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले एक कार्यक्रममा बताए ।

उनले सडकको अतिक्रमण हटाउन सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापा लाई निर्देशन समेत दिएका छन् ।

सर्वोच्च अदालतले २५ गज अर्थात ७५ फिट सडक विभागको क्षेत्रमा पर्ने भएकोले सडक अतिक्रमण हटाउन आदेश गरीसकेको मन्त्री राइले एक कार्यक्रमका विच बताएका छन् ।

अतिक्रमण हटाउन एक सात भित्र सूचना प्रकाशन गरी नयाँ सडक निर्माण तथा विस्तारको कार्य अघि बढाउन सडक विभागका महानिर्देशक थापालाई निर्देशन दिएका हुन् ।

वीरगन्जलाई ग्रामीण भेगसंग जोडने तिलावे पुलको उद्धाटन गर्न पुगेका मन्त्री राइले कार्यक्रममा सम्बोधन गर्ने क्रममा त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकदेखी मितेरी पुल सम्मको सडकको अतिक्रमण हटाइने बताए ।

उनले पर्साको भौतिक विकासमा बाधा नपुर्याई सहयोग गर्न आग्रह गर्दै लामो समयदेखी अदालतमा विचाराधिन सडकको मुद्धद्धा फैसला भईसकेको अवस्थामा अब वीरगञ्जको भौतिक विकास कार्यलाई अगाडी बढाउन समबन्धित सबै पक्षलाई आग्रह गरे ।

यस्तै बन तथा वातावरण मन्त्रि प्रदीप यादवले पर्सासंग जोडीने सबै सडकलाई सुचारु बनाउन प्रतीबद्ध रहेको बताए । तर बन फडानी गरी पंचायतीकालमा विभिन्न सडक निर्माण भएपनि हाल २ वटा रुख काटेर भएपनि निर्माण हुन सक्ने सडकको कार्यमा पनि कानुनी अड्चनका कारण हुन नसकेको बताए ।

कतिपय स्थानमा गुणस्तरीय सडक नै नभएको कारण पर्साको विकासमा बाधा पुगेको बताउँदै उनले ठोरी देखी माडीसम्मको सडक विस्तारमा रहेको कानुनी अडचनलाई हटाउँदै एक साता भित्र कार्य अगाडी बढाउने प्रतिबद्धता जनाए ।

यसअघि कैँयौ मन्त्रि उक्त पदमा आएर गएपनि अवरोध तथा अड्चन रहेका सडक विस्तारका कार्यमा अगाडी बढ्ने हिम्मत नै जुटाउन नसकेको आरोप लगाउँदै उक्त अवरोध ,अडचनबारे विस्तृत अध्ययन गराई विकल्पको खोजि गर्दै समस्या समाधानका लागि अग्रसर रहेको पनि मन्त्रि यादवले भने ।

वीरगन्ज पथलैयाको सडक अन्तर्गत पथलैया देखि परवानीपुर सम्म ६ लेन र परवानीपुर देखि गण्डक सम्म ४ लेन सडक बनिसकेको छ ।

 

 

Related posts

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

Leave a Comment