मधेसखबर
वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन् ।
बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार, पाँच दल्यि गठबन्धनका समेत साझा उम्मेदवार रहेका रिजाल प्रतिनिधीसभा सदस्यामा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जालिम मियाँलाई ५ हजार भन्दा बढिको फराकिलो मतान्तरले पराजित गर्दै रिजाल निर्वाचित भएका हुन् ।
रिजाललले ३१ हजार १ सय ४२ मतका मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी मियाँले भने २५ हजार ६ सय १२ मत मात्रै पाएका छन् । रिजाल र मियाँ बिचको मतान्तर ५ हजार ५ सय ३० रहेको छ ।
२०४८ यताको हरेक निर्वाचनमा चुनाव लड्दै आएका काँग्रेस केन्द्रिय सदस्य रिजाल चौथो पटक सांसद बनेका हुन् ।