Shere Parsa
राजनीति

देउवाकाे ठाडाे निर्देशन : गठबन्धन विरुद्ध नबोल्नू

मधेसखबर
वीरगन्ज ,२४ भदौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार चितवनमा आयाेजित कार्यक्रममा उनले गठबन्धन विरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिए । देउवाले भने,‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’

 

गठबन्धनमा पार्टीलाई बढीभन्दा बढी फाइदा लिने प्रयासमा आफूहरु रहेको उनले बताए । गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन ।’

गठबन्धन भएर सरकार बनेकै कारण एमालेको एकलौटी अन्त्य भएको उनेल बताए । तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने धारणा राखेका थिए ।

Related posts

गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस युवा नेता सुधीर पटेलको घोषणा

भ्रष्टचारी दल र नेताबाट देशलाई मुक्त पार्न राप्रपालाई जिताउन साहको आग्रह

यी हुन् बाराका उम्मेदवार

Leave a Comment