मधेसखबर
वीरगन्ज, १८ असोज :मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका वडा नंबर ८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अष्टमी (सोमबार)को बेलुकी ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।साभारः अनलाइनखबर