Shere Parsa
शिक्षा हेडलाइन

पकाहाका विधार्थीको समस्या एक हप्ता भित्र समाधान नभए आन्दोलन गर्ने एमालेको चेतावनी

मधेसखबर
वीरगन्ज , १३ भदौं : पर्साको पकाहामैनपुर गाँउपालिकाको पकाहामा रहेको श्रीराम चरित्र भगत उच्च माध्यमिक बिद्यालयमा अध्ययनरत विधार्थीको समस्या सामधानको माग गर्दै नेकपा एमालेले सोमबार गाँउपालिकाकाको कार्यालय र विधालय प्रशासनलाइ ज्ञापनपत्र बुझाएको छ ।

नेपा एमालेका गाँउपालिका कमिटीस् अध्यक्ष अकलेश साह नेतृत्वकाो टोलीले पालिका प्रमुख , शिक्षा शाखा प्रमुख , वडा अध्यक्ष र विधालयका प्रधानाध्यापकलाइ छुट्टा छुट्टै भेटर ज्ञापन पत्र बुझाएको हो ।एमालेले विधालयको कक्षा कोठामा पंंखाको व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

एक हप्ता भित्र प्रत्येक कक्षा कोठामा पंखाको व्यवस्था नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि एमालेले ज्ञापनपत्र मार्फत दिएको छ ।

विधालयकोे कक्षाकोठामा पंखा नहुदा अहिलेको प्रचण्ड गर्मीमा विधार्थीहरुलाइ सास्ती भइरहेको र केहिले काहि गर्मीले विधार्थीहरु कक्षाकोठामै बेहोश समेत हुने गरेको भन्दै भदौ ८ गते विधार्थीहरुले विधालयमा प्रदर्शन समेत गरेका थिए ।
विधार्थीहरुले खेप्दै आएको सास्ती बारे विधालय प्रशासन र पालिकाका जनप्रतिनिधीलाइ पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएपछि सोमबार ज्ञापनपत्र बुझाइएको एमाले गाँपालिका कमिटी अध्यक्ष साहले बताए ।

Related posts

बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ

वीरगन्जमा पनि भुकम्पको धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

मेन रोड अतिक्रमण गरि बनाइएका संरचना हटाउन वीरगन्ज महानगरको निर्देशन

Leave a Comment