Shere Parsa
समाज हेडलाइन

वीरगन्ज पिपराका युवा पटेलद्धारा मानव सेवा आश्रमलाइ नगद ५० हजार सहयोग

मधेसखबर
वीरगन्ज, १३ भदौं : वीरगन्जमा असहाय एंव दिनदुःखीहरुको सेवा गर्दै आएको मानव सेवा आश्रमलाइ वीरगन्जका एक युवाले नगद ५० हजार रुपैया सयोग गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपराका युवा विशाल पटेलले मानव सेवा आश्रम वीरगन्ज शाखालाइ नगद ५० हजार रुपैयाका साथै फलफुल सहयोग गरेका हुन् ।सोमबार आफनो सार्थीहरुसंग मानव सेवा आश्रममा पुगेर पटेलले मानव सेवा आश्रम मधेस प्रदेशका संयोजक देवेश मानव सेवालाइ उक्त रकम र फलफुल प्रदान गरेका हुन् ।

सडक पेटीमा अलपत्र परेका असहाय , अपाङगता भएका र दिनदुःखीहरुलाइ उद्धार गरेर संरक्षणमा राखी औषधी उपचार गर्दै आएको मानव सेवा आश्रमलाइ आफनो तर्फबाट केहि मदत होस् भन्ने उदेश्यले सहयोग गरेको पटेलले बताए ।

पटेलले प्रदान गरेको सहयोग रकम बुझदै मानव सेवा आश्रमका प्रदेश संयोजक देवेश मानव सेवाले पछिल्लो समय सामाजिक सेवामा युवाा पुस्ताको रुची बढ्दै गएको बताए । उनले युवा पुुस्तामा आएको यो सकरात्मक परिवर्तनले समाज र देश निर्माणमा टेवा पुग्ने बताए ।

त्यस अवसरमा पटेलसंगै मुनेश पटेल , मन्जय पटेल ,पटेल ,विनय पटेल , जयराम पटेल लगाउतको पनि उपस्थिति रहेको थियो ।

Related posts

प्रभु हस्पिटलकाे रक्तदान कार्यक्रममा ५४ जनाले गरे रगत दान

विश्व मधुमेह दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम सहित वीरगञ्जमा पनि मनाईयो

देशमा सुशासन स्थापना गर्न जसपा-एमाले गठबन्धनको जित आवश्यक : प्रदीप यादव

Leave a Comment