Shere Parsa
राजनीति

पर्सा क्षेत्र नम्बर ३ मा एमालेको जित सुनिश्चित भयो: केपी ओली

मधेसखबर

वीरगन्ज,०७ भदौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको  क्षेत्र नम्बर ३ मा एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

काठमाडौंमा मङ्गलबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काङ्ग्रेस र जसपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेकाले पर्सा क्षेत्र नम्बर ३ मा अब एमालेको जित सुनिश्चित भएको बताए ।उनले पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र दुई वटै प्रदेससभा सदस्य एमालेले जित्नेमा आफु ढुक्क भएको बताए।

उनले एमालेमा पार्टी प्रवेश गर्ने लहर चलिरहेकोले तराई मधेसका कुनै पनि निर्वाचन क्षेत्रमा एमाले हार्ने अवस्थामा नरहेको पनि दाबी गरे ।

ओलीले टिकट पाउनैले जित्न तर्फ र टिकट नपाउनेले एमालेलाई जिताउन तफ लाग्न निर्देशन पनि दिए। अहिले विरोधीहरु एमाले विरुद्ध एकजुट भएर लागेकोले उनिहरूको उक्साहटमा नलाग्न उनले नेता कार्यकर्तालाई निर्देशन पनि दिए।

को

Related posts

पर्सा २ (ख) का मतदाता भन्छन् : स्वतन्त्र उम्मेद्वार रुपेशमानको विकल्प नै छैन

पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन्

जनमत पार्टीले कुनै पनि दलसंग चुनावी तालमेल गर्दैन : अध्यक्ष सिके राउत

Leave a Comment