Shere Parsa
स्थानिय

ठोरीमा पनि राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रम सम्पन्न

मधेसखबर
वीरगन्ज, ०१ भदौ : पर्साको ठोरी गाउँपालिकामा राष्ट्रिय भूमि आयोग पर्साको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।ठोरी गाँउपालिकाका जनप्रतिनिधीहरुका लागि राष्ट्रिय भूमि आयोग पर्साले बुधबार एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले बताए ।

 

कर्यक्रममा सहभागी जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले जानकारी गराएका थिए ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ , उपाध्यक्ष गोकुली कुमारी रेग्मी, भूमि आयोग पर्साका हेम कुमारी भट्टराई, अमिन प्रबिन प्रजापति, ठोरीका पाँच वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रमुख एंव प्रतिनीधि लगायतको सहभागीता रहेको थियो ।

 

कर्यक्रममै भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोग पर्साका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

बिहिवारसम्म पालिका र वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गरिने ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए । ठोरीमा रहेकाा भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै श्रेष्ठले यो काममा भूमि आयोगलाइ सक्दो सहयोग गर्ने बताए ।

Related posts

वीरगन्जमा फाेरम मधेसद्वारा संविधान दहन

जिराभवानी गाँउपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह

Leave a Comment