मधेसखबर
वीरगन्ज, ०१ भदौ : वीरगन्ज महानगरपालिकाको पूर्वाधार विकास समितिको संयोजकमा वीरगन्ज १० का वडा अध्यक्ष सुशील साह कानु चयन भएका छन् ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडा अध्ध्यक्ष कानुलाइ महानगरको पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी दिएका हुन् । स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा २२ तथा वीरगन्ज ममहानगरपालिकाको नगर कार्यपालिकाको जेठ ३१ ग्ते बसेको बैठकको निर्णय अनुसार कानुलाइ पूर्वाधार विकास समितिको संयोजकमा चयन गरिएको हो । कानु , यसअघि पनि उक्त समितिको संयोजक थिए ।
यस्तैै वीरगन्ज महानगरपालिकाको शिक्षा समितिको विशेष आमन्त्रित सदस्यमा डाक्टर सुष्मा तिवारीलाइ मनोनित गरिएको छ । महानगरका मेयर सिंहले तिवारीलाइ शिक्षा समितिको विशेषआमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।