Shere Parsa
कृषि हेडलाइन

ओमानबाट थप १ लाख बोरा युरिया मल वीरगन्ज आइ पुग्यो

मधेसखबर
वीरगन्ज , २४ साउन : वीरगन्ज नाकाबाट थप १ लाख बोरा युरिया मल भित्रिएको छ । ओमानबाट खरिद गरिएको ३० हजार मेट्रिक टन मध्ये थप ५ हजार मेट्रिक टन ( १ लाख बोरा ) मल , वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह ( ड्राइपोर्ट) नाका हुदै भित्रिएको हो ।

गत शनिबार र सोमबार गरि दुइ खेपमा थप १ लाख बोरा युरिया मल वीरगन्ज आइपुगेको कृषि सामाग्री कम्पनि लिमिटेड प्रादेशीक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिए ।उनले भने ,‘ शनिबार र सोमबार गरि दुइ खेपमा २५/२५ सय मेट्रिक टन युरिया वीरगन्ज ड्राइपोर्टमा आइपुगेको छ ।

यसअघि साउन १९ गते पहिलो खेपमा २५ सय मेट्रिक टन (५० हजार बोरा युरिया मल वीरगन्ज ड्राइपोर्टमा आएको थियो ।साउन १९ देखि साउन २३ (बुधबार सम्म) गरि तीन खेपमा कुल १ लाख ५० हजार बोरा युरिया मल भारतको कोलकत्ता बन्दरगाहबाट वीरगन्ज स्थित ड्राइपोर्टमा आइपुगेको चौलागाइले जानकारी दिए ।

चौथो खेपमा बुधबार थप २५ सय मेट्रिक टन युरिया मल वीरगन्ज ड्राइपोर्टमा आइ पुग्ने जानकारी प्राप्त भएको पनि चौलागाइले जानकारी दिए ।

नेपाल सरकारले ग्लोबल टेण्डर मार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपुर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ ।ओमानबाट नेपालको मल पानी जहाजमा सामुन्द्रिक मार्ग हुदै भारतको कोलकत्ता बन्दरगाहमा आउने र त्यहाबाट रेलबाट वीरगन्ज स्थित ड्राइपोर्टमा ढुवानी हुदै आएको छ ।

ओमानबाट खरिद गरिएको कूल ३० हजार मेटन युरिया मध्ये २२ हजार ५ सय मेटन मल ९ खेपमा गरि वीरगन्जकै ड्राइपोर्ट नाका हुदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुदै आउने चौलागाँइले जानकारी दिए ।

 

धानबालीका लागि लक्षित गरि नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइका बेला आउन नसकेपनि अहिले रोपाइ भएको धानमा टप डे«सीङ गर्ने बेला (गाँज हाल्ने बेला ) भएकाले त्यसमा प्रयोग हुने बताइएको छ ।

चौलागाँइले भने ,‘ विविध कारणले रोपाइका बेला मल आउन सकेन , तर यति खेर धानबालीमा टप डे«सीङ गर्ने बेला भएको छ, यहि बेला युरिया चाहिन्छ , एकदम ठिक बेला मल आइ पुगेको छ ।वीरगन्ज स्थित कृषि सामाग्री कम्पनिमा आइ पुगेको युरिया मल मङगलबार देखि जिल्लाहरुमा पठाउन शुरु गरिसकेको जानकारी पनि उनले दिए ।

जिल्लाबाट मलको बिक्री विरतण भने बिहीबार या शुक्रबार देखि मात्रै शुरु गरिने पनि उनले बताए ।
वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालयले मधेस प्रदेश सहित काठमाण्डौ ,काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्बत, नुवाकोट , कास्की लगायत १६ जिल्लामा रासायनिक मलको आपुर्ति गर्दै आएको छ ।

कार्यालय प्रमुख चौैलागाँइका अनुसार , ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेटन युरिया मल मध्ये मधेस प्रदेशमा ८ हजार ५ सय मेटन वितरण गरिने छ । पर्साका लागि भने ८ सय ५० मेटन (१७ हजार बोरा ) र बाराका लागि १ हजार मेटन ( २० हजार बोरा ) युरिया वितरण गरिने चौलागाँइले जानकारी दिए ।

Related posts

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनको विरोधमा उधोगीहरुको र्यालि

लाेसपाले संविधान दिवसलाई विरोध दिवस’ को रुपमा मनाउने

Leave a Comment