Shere Parsa
अन्तर्राष्ट्रिय

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

एजेन्सी , २४ साउन : भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले भारतीय जनता पार्टींसंगको गठबन्धन तोडेर मुख्यमन्त्री पदबाट राजीनामा समेत दिएका छन् ।

मुख्यमन्त्री नितिश कुमारले मंगलबार बिहारका राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ ।

राजीनामापछि उनले भने, ‘पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनबाट अलग हुन चाहन्छन् ।’ गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेपछि नितिश कुमारको पार्टी जनता दल युनाइटेडले मंगलबार बिधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

 

उक्त बैठकले एनडीए गठबन्धन छाड्ने निर्णय गरेको र उक्त निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।

राजीनामा दिए पनि नितिश कुमारले लालु यादवको पार्टी आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने अनुमान गरिएको छ । कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमारकै नेतृत्वमा सरकार बनाउन समर्थन दिने संकेत गरेका छन् ।

 

राज्यपाललाई राजीनामा बुझाएलगत्तै नितिश कुमार पूर्व मुख्यमन्त्री राबडी देवीको घर पुगेका छन् । उनी र तेजस्वी यादवबीच नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

Related posts

इजरायल र प्यालेस्टाइन बिचको गोलबारीमा बालबालिका सहित ३२ जनाको मृत्यु

भारतले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायाे

पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल

Leave a Comment