Shere Parsa
मधेस प्रदेश समाचार

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी


मधेसखबर
वीरगञ्ज , साउन १८ : मधेस प्रदेश सरकारले एक साताभित्र प्रहरी समायोजन नभए आन्दोलन गर्ने केन्द्र सरकारलाई चेतावनी दिएको छ ।

बुधबार मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी समायोजनमा संघीय सरकारले ढिलाई गरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

प्रहरी समायोजनको विषयमा मधेश सरकारले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै आएपनि सरकारले बेवास्ता गरेको भन्दै मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयले आन्दोलनको चेतावनी दिएको हो ।

यही साउन २२ गते सबै दलका प्रदेश सभा सदस्य सहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्र बुझाउने कार्य तालिका रहेको पनि उनले बताए । ‘अल्टिमेटम’सहितको ज्ञापनपत्र पछि पनि संघीय सरकारले बेवास्ता गरे संर्घषमा उत्रिने मन्त्रि साहले चेतावनी दिएका छन् ।

मन्त्री साहले संर्घष आफूहरूको बाध्यता रहेको भन्दै मधेसी जनतालाई अधिकारसम्पन्न बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।

Related posts

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

बहुदरमाइ नगरपालिकाबाट २४० केजी गाजा बरामद

पर्सामा आचार संहिता उल्लंघन गरि प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाउन शुरु

Leave a Comment