Shere Parsa
स्वास्थ्य

थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

मधेसखबर
वीरगञ्ज , साउन १७ – नेपालमा मंगलबार थप ८१४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७६२ पीसीआर र २ हजार ६५३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार गरीएको पीसीआर परीक्षणबाट ५०९ र एन्टिजेन परीक्षणबाट ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १४४ जना पुगेको छ ।

२४ घण्टामा निको हुनेको संख्या २९९ रहेको छ । सोमबार ८९५ जनामा संक्रमण देखिएको थियो ।

 

 

Related posts

वीरगन्जमा घुम्ती शीवीर सन्चालन गरि रिक्सा ठेला मजदुरहरुको स्वास्थ्य परिक्षण

डेंगु रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं : डा.कमोद निराला

कोरोना भाईरस संक्रमितको संख्या एक हजार नाघ्यो

Leave a Comment