Shere Parsa
स्वास्थ्य

ठोरी गाउँपालिकाका बिरामीले पनि ब्लड बैंकबाट पाउने भए निशुल्क रगत

मधेसखबर
वीरगन्ज,१३ मंसिर : पर्साको ठोरी गाउँपालिकाका बिरामीहरुले पनि रक्त सन्चार केन्द्र (ब्लड बैंक) वीरगन्जबाट निशुल्क रगत पाउने भएका छन् ।

वीरगन्जमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र ठोरी गाँउपालिका बिच मङगलबार भएको सम्झौता अनुसार अब ठोरी गाँउपालिकाका बिरामीले जिल्ला भित्रका अस्पतालमा उपचार गराउदा ब्लड बैंकले निशुल्क रगत उपलब्ध गराउने भएको हो ।  अर्थात रगतका लागि ब्लड बैंकमा लाग्ने आवश्यक खर्चको शुल्क ठोरी गाउँपालिकाले ब्यहोर्ने भएको छ ।

सम्झौता अनुसार ठोरी गाउँपालिकाका बिरामीले आफ्नो परिचय खुल्ने कागजातहरु नागरिकता, सवारी चालकको अनुमतिपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै पनि प्रमाण सहित गाँउपालिाकाको सिफारिस पेश गरेमा ब्लड बेंकले निशुल्क रगत उपलब्ध हुने भएको हो ।

गाँउपालिकावासीलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले उक्त सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने गरि रेडक्रससंग सम्झौता गरिएको गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

Related posts

नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Comment