Shere Parsa
स्वास्थ्य

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, ०६ भदौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३ सय ८१ ज्नाको पीसीआर परीक्षणमा ४ सय ५ जना र ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षणमा २ सय ५३ जना गरी ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मात्र मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या अहिले सम्म ११ लाख ४४ हजार ९ सय ४० पुगेको छ ।

 

Related posts

डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न सिडिओको निर्देशन

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Comment