Shere Parsa
स्थानिय हेडलाइन

श्रेष्ठ र सोनललाई पनि समर्थकले लगाइ दिए चाँदीको मुकुट

मधेसखबर
वीरगन्ज,१२ मंसिर : चुनाव जितेका नेतालाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट लगाएर बधाई र सम्मान गर्ने चलन पर्साबाट अब बारा तिर पनि सरेको छ ।

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा नवनिर्वाचित कृष्णा कुमार श्रेष्ठ(किसान) र बारा ४ (ख) को प्रदेशसभामा नवनिर्वाचित जितेन्द्र सोनललाई उनिहरुका कार्यकर्ता र समर्थकहरुले चाँदीको मुकुट पहिर्याएर बधाइ दिनका साथै सम्मान गरेका हुन् ।

सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचितद्वय श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर बधाइ दिदै सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले बताए ।

श्रेष्ठ , बारा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीबाट र सोनल , बारा ४(ख)को प्रदेशसभा सदस्यामा लोसपाबाट निर्वाचित भएका हुन् ।

यसअघि आइतबार मात्रै पर्सा ४ को प्रतिनिधीसभा सदस्यमा निर्वाचित काँग्रेसका रमेश रिजाललाई पनि धोबिनी गाँउपालिकाको हरिहरपुरमा उनका समर्थक र कार्यकर्ताले चाँदीको मुकुट लगाइदिएर बधाइ दिएका थिए ।

 

Related posts

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

दिपावलीमा पटका नपड्काउन पर्सा सिडिओ कार्यालयको चेतावनी

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

Leave a Comment