मधेसखबर
वीरगन्ज,०६ मंसिर : पर्सा क्षेत्र नम्बर ४ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंहासन सा कलवार दोहोरिएर निर्वाचित भएका छन् ।२०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट प्रदेशसभा निर्वाचित कलवार दोहोरिएर निर्वाचित भएका हुन् ।
मङगलबार राति ९ बजे घोषित मतगणनाको अन्तिम परिणाम अनुसार , कलवार १५ हजार ३ सय ८५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु १२ हजार ६ सय ४१ मत पाएका छन् । कलवार र कानु बिचको मतान्तर २ हजार ७ सय ४४ रहेको छ । सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शेख चाँद तारा भने १ हजार ७ सय ६५ मतका साथ तेश्रो स्थानमा सिमित भएकि छन् ।
गत निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जितेका कलवारले ११ हजार ७ सय ८ मत पाएका थिए ।