Shere Parsa
स्थानिय हेडलाइन

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर ४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले अग्रता बढाउदै लगेका छन् ।

पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा जारी मतगणनाको राति पौने १० बजे प्राप्त पछिल्लो परिणाम अनुसार, ६८६० मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले ३५३५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार जालिम मियाँले २५२९ मत प्राप्त गरेका छन् । मियाँ भन्दा रिजाल १००६ मतले अगाडि छन् । यस्तै स्वतन्त्र उम्मेदवार हेतुना मियाँ मन्सुरीले ३९७ मतका साथ तेश्रो स्थानमा छन् ।

पर्सा ४ मा कूल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा आइतबार भएको निर्वाचनमा ६२ हजार ९२ मत खसेको थियो ।

Related posts

अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए

प्रदीप यादव भन्छन् : भाषण होइन काम गर्नु पर्छ जनताले अवश्य जिताउछन्

मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया

Leave a Comment