वीरगन्ज, ३० कार्तिक : पर्साको क्षेत्र नम्बर ३ (ख) अन्तर्गत बिन्दबासिनी गाँउपालिकाका नेकपा एमालेका अग्रज नेता कार्यकर्ताले यस क्षेत्रको विकासको लागि प्रदेशसभा सदस्यमा डा. मधु गुप्ता कुर्मीको जीत अनिवार्य रहेको बताएका छन् ।
नेकपा एमाले र जसपाको तर्फबाट प्रदेशसभा सदस्यमा साझा उम्मेदवार डा. मधु पढेलेखेको र स्वच्छ छवि भएको उम्मेदवार भएकाले उनको जित आवश्यक रहेको एमाले नेता कार्यकर्ताहरुको भनाई छ ।
उम्मेदवार डा. मधुले पनि पर्सा क्षेत्र नम्बर ३ मा एमाले र जसपा उम्मेदवारलाई जिताउन एमालेका अगुवाहरुसँग रणनीतिक छलफल गरेकी छन् ।
एमाले नेताहरु लक्ष्मण चौरसिया, बब्लु गुप्ता, पारस बैठा, हनिफ अन्सारी, अली अहमद, धीरज चौरसियालगायतका नेतासँग चुनावी रणनीतिका बारेमा छलफल भएको डा. गुप्ताको सचिवालयले बताएको छ ।
उनीहरुले आउँदो मंसिर ४ हुने निर्वाचनमा एमाले र जसपाका उम्मेदवारलाई जिताउन एक ढिक्का भएको बताएका छन् ।