Shere Parsa
राजनीति

फेटामा चुनावी घरदैलोमा पुगेका किसान र सोनललाई मतदाताको समर्थन

मधेसखबर
वीरगन्ज, २३ कार्तिक : बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिाका विभिन्न वडामा बुधबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले फेटा गाँउपालिकाका विभिन्न वडामा घरदैलो गरेका हुन् ।

चुनावी घरदैलोका क्रममा पुगेका दुवै उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका गरेका थिए । स्थानीय मतदाताहरुले यसपापालि प्रतिनिधीसभा र प्रदेशसभा सदस्य दुवै पदमा काम गरेर चर्चा कमाएका उम्मेदवार पाएकाले आफुहरुले यीनै नेतालाई मत दिएर जिताउने बताएका थिए ।

मतदातासंगको भेटघाटका क्रममा श्रेष्ठ र सोनलले विगतको पाँच वर्षको कार्यालयमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह गरे । आफुहरु चुनाव जितेर हराउने नेता नभइ क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएको भन्दै दुवै उम्मेदवारले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे ।

बुधबारको घरदैलो कार्यक्रममा लोसपा , नेकपा एकिकृत समाजवादी , नेपाली काँग्रेस र नेकपा माओवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : भ्रष्टचारीहरुलाई ठेगान लगाउन राप्रपा जित्नु पर्छ

पर्टीले गरेको अपमान विरुद्ध उम्मेदवारी दिएको काँग्रेस नेतृ रायमाझीको भनाई

Leave a Comment