Shere Parsa
राष्ट्रिय हेडलाइन

डाेटीमा भुकम्पले घर भत्किदा ६ जनाकाे मृत्यु

मधेसखबर
वीरगन्ज ,२३ कार्तिक : डोटीमा भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

बुधाबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जनाको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलिले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रको समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

त्यसअघि मंगलबार राति ९ :७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि समेत पटक पटक भूकम्पका धक्का गएका थिए।साभार: अन्नपूर्ण पाेष्ट

Related posts

विधालयमा पंखा नचल्दा गर्मीमा बालबालिकालाई सास्ती

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

आज जनकपुरमा विवाहपञ्चमी महोत्सव मनाइँदै

Leave a Comment