Shere Parsa
शिक्षा हेडलाइन

विधालयमा पंखा नचल्दा गर्मीमा बालबालिकालाई सास्ती


मधेसखबर
वीरगञ्ज , भाद्र ३ गते । गर्मीका कारण तराईका विद्यालयहरूमा विधार्थीहरुलाई समस्या देखीन थालेको छ ।

यसपालि असार साउनमा औसत भन्दा कम पानी परेको कारण अझ पनि गर्मीले जनजीवन अस्तव्यस्त बनेको अवस्था छ ।

विज्ञहरुका अनुसार जलवायु परिवर्तन लगायतका विभिन्न कारणले हरेक वर्ष तापक्रममा वृद्धि हुँदै गएको छ ।

बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अझ पनि गाह्रो भईरहेको भन्दै अभिभावहरुले चिन्ता व्यतm गरीरहँदा पर्साका कतिपय विधालयहरुमा ,कक्षा कोठामा पंखा समेत नियमित नचल्ने भएकोले खासगरी साना बालबालिकाहरुलाई सास्ती हुने गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

गर्मी अध्याधिक बढेपछि केही दिन अघि वीरगंज महानगरपालिकाले विधार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै विधालयहरु केही दिनका लागि बन्द गर्न लगाएपनि केही विधालयहरुले लामो विदा दिएको भन्दै त्यस निर्णयको विरोध समेत गरे भन्दै वीरगंजका एक अभिभावक राकेश कुमारले तर विधालयले विधालय खोल्न जति विरोध गरे त्यस अनुसारको गर्मी छल्न विधालयमा विधार्थीहरुका लागि राम्रो व्यवस्था गर्न भने नसकेको बताए ।

उनले विधालयहरुले आफ्नो विधालय शुल्क उठाउने तर्फ ध्यान दिएपनि गर्मीमा छिनछिनमा लाईन कटिरहँदा विधार्थीहरुबाट विभिन्न शिर्षकहरुमा, भरपुर रकम असुली गरेतापनि एउटा जेनेरेटरको समेत देखावटी रुपमा मात्रै व्यवस्था गरेको र कतिपय विधालयमा जेनेरेटर समेत नरहेको बताए ।

अर्की एक अभिभावक सुनैना देवीले कक्षा २ मा अध्ययनरत आफ्नो छोरा, हरेक दिन विधालयबाट दिउँसो फर्किदा हरेक दिन जसो विधालयमा कक्षाकोठाको पंखा नै विरामी भएजस्तो चल्ने गरेको कारण बच्चा नै विरामी परेर घर फर्कने गरेको महशुश गर्ने गरेको सुनाईन् ।

उनले छोराले हरेक दिन जसो कक्षाकोठामा पंखा नै नचल्ने गरेको गुनासो गर्दै भोलिपल्ट विधालय नै जान नमान्ने गरेको बताईन् ।

अभिभावकसंघ प्रत्येक शिर्षकमा विधालयहरुले रकम असुली गरेपनि यस्तो गर्मीको बेलामा कम्तीमा जेनरेटरको व्यवस्थ गरेर भएपनि गर्मी अवधिभर पंखा नियमित रुपमा चलाउन अभिभावकहरुको आग्रह छ ।

अहिले पछिल्लो दिनमा अनियमिथ रुपमा विधुत कटौती भईरहेको बेला एकछिन पनि पंखा विना बस्न नसक्ने अवस्था छ । तर विधालयमा विहान १० बजेदेखी दिउँसो ३ बजेसम्म वा विहान ६ बजेदेखी दिउँसो १२ बजेसम्मको सिफ्टमा पढाई भईरहेको बेला पंखा नचल्दा कतिपय विधालयमा बालबालिकाहरु अचेत समेत हुने गरेको , गर्मीका कारण विधालय जान नमान्ने गरेको , विरामी पर्ने गरेको अभिभावकको गुनासो बढेको छ ।

पर्साका कतिपय विधालयहरुमा खानेपानीको व्यवस्था छैन भने कतपिय विधालयहरुमा पंखा लगायतका सुविधा जानी जानी रोकी राखेर काम चलाउने गरेको अभिभावकहरु गुनासो गर्छन् ।

यसमा वीरगञ्ज महानगरपालिकाले पनि अनुगमन र निरीक्षणको पाटोमा ध्यान दिन आवश्यक रहेको उनीहरुको माग छ ।

गर्मीले तुलनात्मक रूपमा बालबालिकालाई बढी असर गर्ने हुँदा सजग रहन चिकित्सकहरूले सल्लाह दिएका छन्।गर्मी अध्याधिक हुनुका साथै कोराना भाईरसको माहामारीको जोखीम भएको अवस्थामा कक्षाकाठोमा धेरै विधार्थीहरु हुँदा पंखा नचल्दा अझ जोखीम बढ्न सक्ने भएकोले कक्षाकाठोमा ताजा हावाका लागि भएपनि पंखा चल्न आवश्यक रहेको नारायणी अस्पतालमा वरीष्ठ डाक्टर उदय नारायण सिँहले सुझाव दिए ।

Related posts

गठबन्धनमा सिट भागबन्डा :पर्सामा जसपालाई ३ , काँग्रेसलाइ १ सिट मात्र

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन

Leave a Comment